बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प


बझाङ, २ बैशाख । बझाङमा ठुलै भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु जयपृथ्वी नगरपालिको वडा नम्बर १ कैलासमा रहेको मापन केन्द्रले जनाएको छ। भूकम्पले कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार