तेह्रथुमको आठराईमा दुर्घटना, २ गम्भीर घाइते


तेह्रथुम २९ चैत । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै शुक्रबार साझ भेन दुर्घटना भएको छ ।

दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा आठराई गाउँपालिका-४, ईवाका सवारी चालक सुनिल ईङनाम र ईवाकै युवराज निरौला रहेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको । घटनाको यकिन विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार