
भोजपुर,२९ चैत ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका –५ खावा चोलन्तीमा शर्वेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले विहिवार उद्घाटन गरेका हुन् ।
मन्दिर गाउँपालिकाको एक लाख ५० हजार वडा कार्यालयको एक लाख र जनश्रमदान तीन लाख १९ हजार गरि करिब ५ लाख ६९ हजार लागतमा निर्माण
सम्पन्न भएको निर्माण समितिका उपाध्यक्ष शुवास विष्टले जानकारी दिए । मन्दिर घिमिरे विष्ट वंश एकता समाजले निर्माण गरेको हो ।