जल्पा गोल्डकपको उद्घाटन खेलमा गाईघाट विजयी


उदयपुर । उदयपुरको सुकौरामा प्रथम जाल्पा गोल्डकपको उद्घाटन खेलमा गाईघाट फुटवल क्लव विजयी भएको छ । त्रियुगा नगरपालिका–१६ सुकौराको उदयपुर सिमेण्ट उद्योगको खेलमैदानमा आयोजना भएको उदघाटन खेलमा रौतास्पोर्टस क्लव रौतालाई २–० को गोलले गाईघाट विजयी भएको हो ।

७० मिनटको निर्धारीत खेलमा खेल सुरु भएको ९ औं मिनेटमा गाईघाटका सुनिल खड्काले पहिलो तथा सुरुवाती गोल गरेका थिए । भने अर्को गोल ६८ औँ मिनटमा गाईघाटका समिराज राउत गोल गरेका थियो । राउतको गोलसँगै राउत प्रतियोगिताको म्यान अफ दि म्याच घोघित समेत भएका थिए । उनलाई नगद १ हजार र मेडलले सम्मान गरिएको थियो ।

विपक्षी गोलपोष्टमा प्रहार गरेको सुट गाईघाटले कुनै सदुपयोग गर्न सकेन् । पर्याप्त सुटको अवसर पाएपनि विपक्षी गोलरक्षकले अधिकांस बल छेकिदिए । डिबक्स भित्रबाट प्रहार गरेको सुटसमेत विपक्षी गोलरक्षकले छेकेपछि रौता स्पोर्टस क्लव सुरु खेलबाट वाहिरिएको हो । जिल्लाका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो अर्थात मंगलबारको खेल असारी स्पोर्टस क्लव र आयोजक जाल्पा स्पोर्टस क्लव विच हुने खेल संयोयजक भुवन दाहालले जानकारी दिए ।

त्रियुगा नगरपालिका १६ को मुख्य सहयोग तथा उदयुर सिमेण्ट उद्योगको मुख्य प्रायोजनमा आयोजना गरिएको प्रतियोगिताको फाईनन खेल बैशाख २ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड र उपविजेताले नगद ५० हजार र मेडल प्राप्त गर्ने दाहालले जानकारी दिए ।

प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटवल संघका केन्द्रिय प्रवक्ता तथा केन्द्रिय सदस्य किरण राईले गरे । खेलको उद्घाटन गर्दै प्रवक्ता राईले खेलकुद क्षेत्रमा पहिचान बनाउन गोल्डकपले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

उनले अनुशासित र देशको पहिचान बनाउन खेलकुद क्षेत्र मात्र विकल्प भएको बताए । राईले खेलेर मात्रै खेलकुदको विकास नहुने भएकाले खेल क्षेत्रकै बिषय राखेर अध्ययन गराउनसमेत सुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार