शेयर बजारमा सामान्य सुधार


काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३।५२ विन्दुले बढेर एक हजार १८४।६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए । कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको शेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५।४३ विन्दुले घटेको छ ।

त्यस्तै बैङ्किङ २।९६, होटल ०।२२, विकास बैंङ्क ३।१४, वित्त ३।१७, निर्जीवन बीमा २४।२३, उत्पादन ३।०८, अन्य ६।७३, लघुवित्त २।३६ र जीवनबीमा १२।५९ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ५।०७ प्रतिशतले कमाएका छन् । त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३।४७, रिलायन्स फाइनान्स ३।३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३।१३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २।७५ प्रतिशतले कमाएका छन् ।

त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५।५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४।७०, सिन्धु विकास बैंक ३।७०, तारागाउँ रिजेन्सी होटल ३।३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।०४ प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार