अभियुक्त योगेन्द्र बयान ‘काखमा राखेर मुख थुन्दा रमिलाको प्राण गयो’ योगेन्द्र जेल चलान


विराटनगर, २२ चैत । मोरङको बेलाबारी – ४ की २८ वर्षिय रमिला राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका तत्कालिन एमालेका नगर अध्यक्ष ४६ वर्षिय योगेन्द्र गुरुङले कुटपिट गरि होहल्ला गर्दा काखमा राखेर दुवै हातले मुख थुनेर हत्या गरेको खुलसा भएको छ ।

गुरुङले आफनै घरको भुइ तलाको बरण्डा कोठा भित्र काखमा राखि दुवै हातले करिब १० मिनेट नाक र मुख बन्द गर्दा रमिलाको ज्यान गएको अभियोग पत्रमा उल्लेखछ । ‘रमिला मधिराको नाशामा रहेकी थिइन् । ‘अपशब्द प्रयोग गर्दै गाली गर्न थालेपछि मैले मुख बन्द गरेका थिए,’ अभियोग पत्रमा योगेन्द्रले दिएको बयानमा भनिएको छ, ‘करिब १० मिनेटसम्म मुख बन्द गर्दा रमिला बोल्न छोडिन् ।

निधाइन होला भनेर रमिलालाई बरण्डाको खाटमा सुताएर म माथिल्लो तलामा नुहाउन गए । कपडा फेरेर रमिलालाई लिन आउँदा ज्यान गएको रहेछ ।’ राई र गुरुङको करिब ६ वर्षसम्म प्रेम सम्बन्ध रहेको थियो । समाजमा प्रतिष्ठित गहनिएका गुरुङलाई प्रेमिका राईले बिबाह गर्न दबाव दिएपछि हत्या गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार