सुनसरीमा गोलि चल्यो


इनरुवा२२ चैत । सुनसरीको हरिनगर गाउँपालीका स्थित भुटाहा नेपाल प्रहरीले गोलि चलाउदा एकजना घाइते भएका छन् । स्थानीयहरुले दिएको जानकारी

अनुसार शुक्रबार अन्दाजी ४ बजेको समयमा मोटरसाइकलमा सवार माथि प्रहरीले गोलि चलाउदा जियाउल मिया नाम गरेको मान्छे घाइते भएको हो ।

उनलाई उपचारको लागि धरान पठाइएको छ भने यसबारे औपचारिक जानकारी आएको छैन । यो विषयमा सुनसरी प्रहरीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार