सुनसरीको कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट,


इनरुवा, २२ चैत । सुनसरीको कोशी गाउँपालीका ४ जुद्गगन्जमा भीषण आगलागी हुँदा ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा ८ वटा घरमा पूर्ण रूपमा जलेर नष्ट भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारका अनुसार कोशी गाउँपालीका ४ स्थित जुद्गगन्जका स्थानिय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिरोज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ र एेजुव मियाँको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो । आगलागी मानविय क्षती नभएको र इटहरी, इनरूवा र दुहवीका बारूणयन्त्रहरूले आगो निभाउने प्रयास जारी रहेको सोनारले बताए।

अगलागी स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरू आगो नियन्त्रण प्रयासरत छन्। क्षतिको विवरण आउन बाकी रहेको छ । पूर्वेली न्यूजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार