कारागारमा अभावै अभाव


कञ्चनपुर, १६ चैत । तीन दशक पहिले जिल्ला कारागारमा गरिएको विद्युत् वाइरिङ् जीर्ण बन्दै गएपछि दुर्घटना निम्तीने खतरा बढेको छ । जीर्ण बन्दै गएको विद्युत् वाइरिङका कारण दुर्घटना हुनसक्ने आशङ्कामा कैदीबन्दी निकै चिन्तित भएका छन् । जुनसुकै बेला पनि विद्युत् वाइरिङ शर्ट हुनसक्ने भएकाले सावधानिपूर्वक बस्नु परेको कैदीबन्दी बताउँछन् ।

“विद्युत् वाइरिङ निकै पुरानो र केही विद्युत्का तार नाङ्गोसमेत भएकाले निकै जोखिम छ”, कारागारका प्रमुख श्यामराज भट्टले भन्नुभयो, “पर्खाल बाहिरको क्षेत्रमा गतवर्ष विद्युत् वाइरिङ भएको छ, भित्रपट्टी हुन नसक्दा जोखिम बढ्दो छ, कुन बेला विद्युत् सर्ट भई आगलागी हुन्छ ठेगान छैन ।”

विद्युत् वाइरिङगका लागि कारागार शाखासँग बजेट नहँुदा मर्मत हुन नसकेको उहाँको भनाइ छ । “केन्द्रमा पटक÷पटकलेखी पठाए पनि बजेट आउदैन, कसरी मर्मत गर्ने चिन्ताको विषय बनेको छ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार