आगो लगाएर मार्ने धम्की दिँदै २ वर्षदेखि छोरी बलात्कार


काठमाडौ, ७ चैत । पश्चिम रुकुममा आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सानेभेरी गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीया ती व्यक्तिले डर, त्रास, धम्की दिँदै आफ्नी १७ वर्षीया छोरीलाई विगत दुई वर्षदेखि बलात्कार गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कसैलाई भनेमा आगो लगाएर मार्न धम्की दिँदै उनले छोरीलाई बलात्कार गर्दै आएको प्रहरी नायब उपरीक्षक समित खड्काले बताउनुभयो । पछिल्लोपटक १ चैतमा उनले छोरीलाई बलात्कार गरेका थिए । पीडित किशोरीकी आमाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

आमा माइत गएको बेला उनी साथीको घर गएर बसेकी थिइन् । छोरीलाई साथीको घरबाट जबर्जस्ती उनले समातेर घर ल्याएका थिए । घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लगेर बलात्कार गरेका निवेदनमा उल्लेख छ । उनलाई जंगलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रकिृया अगाडि बढाएको उपरीक्षक खड्काले बताउनुभयो । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार