भोजपुरमा बहुबिवाह गर्ने लालबहादुर र निर्मला जेल चलान


भोजपुर, ६ चैत । जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङगिन घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाए तोकेको हो ।

लालबहादुरले निर्मलालाई गत माघ ३ गते दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए । उनीहरुलाई जेठी श्रीमती प्रमिला दर्जीको जाहेरीपछि गत माघ १० गते पक्राउ गरिएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार