पन्ध्र सयलाई स्वरोजगार तालीम


तुलसीपुर, ३ चैत । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो ।

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको चौधरीको भनाइ छ । “नेपाल सरकारले देशभरि ४२ हजारलाई तालीम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश नंं ५ अन्र्तगत दाङमा पन्ध्र सयलाई स्वरोजगारमूलक विभिन्न तालीम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर ९चश्मा बनाउने० तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर ९चश्मा बनाउने ०तालीम शुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार