आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन स् प्रधानमन्त्री ओली


काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै त्यस्ता कृयाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बतानुभयो ।

‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।’ प्रधानमन्त्तीको भनाई थियो । स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि विप्लप समूहले चन्दाका नाउँमा पत्र आएको र पैसा मागेको सुनेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अब पृथकतावाद समाप्तिसंगै मुलुक एकताको शुत्रमा बाँधिने विश्वास व्यक्त गर्नुभयो ।

‘पृथकतावादमा विश्वास गर्ने संगठनका नेता तथा कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘अब देशबासी बिखण्डनतिर होइन थप सशक्त रुपमा एकजुट हुँदै जानेछन् । पृथकतावादी संगठनसँग भएको सहमति केहि व्यक्तिलाई टाउको दुखाई भएपनि यसले दिर्घकालीनरुपमा सकारात्मक सन्देश दिनेछ ।’ प्रधानमन्त्रीको भनाई थियो ।   समाजमा मानसिक रोगलाई पनि रोगका रूपमा स्वीकार गरेर उपचार गर्नुपर्छ भन्ने धारणा बन्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको छ । बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका ५० श्ययामा सधैँ बिरामी खचाखच हुने गरेको अस्पतालले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार