प्याराग्लाइडर दुर्घटनामा दुई घाइते


चिप्लेढुङ्गा, २० फागुन । पोखरामा प्याराग्लाइडर दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी पाइलटमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको एउटा हात जलेको बताइएको छ । उहाँलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । उहाँ पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उड्नुभएको थियो ।

अर्का विदेशी पाइलट ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा पर्नुभएको हो । उहाँ रूखमा अड्किनुभएको थियो । उहाँलाई स्थानीयवासीले उद्धार गरेका छन् । उहाँको अवस्था भने सामान्य रहेको छ । यागुदिन कुन कम्पनीबाट कम्पनीबाट उडेको भन्ने जानकारी आइनसकेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताउनुभयो । पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार