प्रदेश सरकारको गति लिने आधार तय : मुख्यमन्त्री राई


सुनसरी । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकाले पाँच वर्षे आवधिक योजना बनाएर प्रदेशको योजनाबद्ध र व्यवस्थित विकास गर्न लागेको जानकारी दिएका छन्। नेपाल टेलिभिजनले प्रदेश १ र २ का संवाददाताका लागि इटहरीमा आयोजना गरेको पूर्नताजगि तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले त्यसो भनेका हुन्।

उनले परियोजना बैंक तयार गरेर लगानी सम्मेलन गरिनेसमेत बताए। मुख्यमन्त्री राईले एक वर्षको अवधिमा प्रदेश सरकारले गति लिने आधार तय भएको बताए। यो एक वर्षमा संघीयता र संघीय संरचनाप्रति जनताको विश्वास जगाउने काममा सफलता प्राप्त भएको उनको दावी थियो। कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले समाज परिवर्तनका लागि मिडियाको अग्रणी भूमिका रहने बताए। उनले परिवर्तनको अभियानमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए। छिटो र स्तरीय सूचनाका लागि नेपाल टेलिभिजन पहिलो वन्न सुझाव दिए।

नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजन एचडी प्रविधिमा गएको जानकारी दिए। एनटिभी इस्यूवेष्ड बनेर अघि बढने उनले बताए। कार्यक्रमलाई नेपाल टेलिभिजनका नायब महाप्रबन्धक दीपकमणि धितालले इटहरीबाट चाँडै नेपाल टेलिभिजनले नयाँ च्यानल सुरु गर्न लागेको जानकारी दिए। कार्यक्रमलाई पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खडका र नेपाल टेलिभिजनका समाचार निर्देशक राजु सिलवालले पनि सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार