ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्न


ताप्लेजुङ, १७ फागुन ।
हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्योर ?

हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो।टावरबाट सम्पर्क विच्छेद भएको केही समयमा हेलिकप्टर दुर्घटनामा परेको खबर आयो। सुकेटार टावर प्रमुख रुपेश मुरार्रकाले पाइलट केसीसँग पौने एक बजेसम्म सम्पर्क भएको बताए । उनले भने, ‘अरू विषयमा मैले बोल्न मिल्दैन।’

पाथिभराको पूजा गरेपछि मन्त्री अधिकारीसहित टोली काठमाडौं फर्किंदै थियो। पाइलट केसी र विमानस्थल टावरबीच पौने एक बजे संवाद भयो। उनले भनेका थिए– हिमपातका कारण हेलिकप्टर तत्काल उडाउन सक्दिन।
पौने १२ बजे पाइलट केसीसँग मुरार्रकाको फोनमा संवाद भएको थियो। आफ्नो क्षेत्रमा मन्त्री सवार भएकाले टावरका अधिकारीहरूले यस विषयमा जानकारी लिइरहेका थिए। हेलिकप्टर कहाँ पुग्यो भन्ने विषयमा फोनमा जानकारी गराउँदै पाइलट केसीले पाथिभरामा भएको बताएका थिए। त्यतिखेर हेलिकप्टर पाथिभरा क्षेत्रमा ल्यान्ड भइसकेको थियो।

पाथिभराको पूजा गरेपछि मन्त्री अधिकारीसहित टोली काठमाडौं फर्किंदै थियो। पाइलट केसी र विमानस्थल टावरबीच पौने एक बजे संवाद भयो। उनले भनेका थिए– हिमपातका कारण हेलिकप्टर तत्काल उडाउन सक्दिन।

अत्यधिक चिसोका कारण त्यतिबेला बाहिर बस्न सक्ने अवस्था थिएन। पाथिभरा मन्दिरका पुजारी डिल्ली आचार्यले मन्दिरमै रहेको कुटीमा राखेर मन्त्री अधिकारीसहित सवार सबैलाई चिया खुवाए। बाहिर चिसो थियो। पुजारीले भने, मन्दिरभित्रै बसेर चिया खाऊँ न त। पुजारीको प्रस्तावलाई मन्त्री अधिकारीले स्वीकारेका थिए। त्यति नै बेला पाइलट केसीले अत्यधिक कुहिरोका कारण हेलिकप्टर उडाउन कठिन हुने बताए।

नागरिक संवाददाता खगेन्द्र अधिकारीका अनुसार मन्त्री अधिकारीले पुजारीलाई भने– ‘तपाईं पनि चिया खानुस्। तपाईंले पकाएको चिया मीठो रै’छ।’ यत्तिकैमा मौसममा केही सुधार भयो। हुस्सु खुल्यो। पाइलट केसीले छिटो जाऊँ भने। मन्त्री हतार हतार हेलिकप्टर चढे। तीन हजार सात सय ९४ मिटर उचाइबाट उडेको हेलिकप्टर सीधै तल झर्यो। दाहिने मोडिएर पहाडको ढुंगामा ठोक्कियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार