धनकुटामा ड्रागन फलको खेती


धनकुटा । पकेट क्षेत्र घोषणा गरेर धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरू गरेको छ । धनकुटाको अति सुक्खाग्रस्त क्षेत्र र आर्थिक रूपमा विपन्न रहेको वडा नम्बर ८ मा उक्त खेती शुरू गरिएको हो । उक्त वडाको सान्ताङ गाउँको एक किसानको घरमा हालै नगरप्रमुख चिन्तन तामाङ र उपप्रमुख शकुन्तला बस्नेतले ड्रागन फलका बिरुवा रोपेर खेतीको उत्घाटन गरेका छन् । धनकुटामा मात्र रहेका सीमान्तकृत आठपहरिया जातिको बसोबास रहेको उक्त क्षेत्रको आर्थिक सुधारका लागि ड्रागन खेती शुरू गरिएको नगरप्रमुख तामाङले बताए ।

खेतीका लागि उक्त वडामा ६ ओटा कृषक समूहमार्फत खेती शुरू गरिएको नगरका कृषि अभियन्ता जीवन राईले जानकारी दिए । हाल गाउँका १ सय ४२ किसानले १ हजार ५५५ ओटा बिरुवा रोपेर खेती शुरू गरेको उनले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार