निगमले बढायो तेलको भाउ


आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ ।

नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार