भोजपुरको टेम्केमैयुङ्ग गापाको ६६ योजना सम्पन्न


भोजपुर,२१ जेठ ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकाले हाल सम्म ६६ ओटा योजना सम्पन्न भएको जनाएको छ ।

६६ योजना सम्पन्न भई भुक्तानी दिई सकेको र अन्य दुई ओटा योजनाको भने पहिलो किस्ताको रकम भुक्तानी दिइएको गाउँपालिकाका योजना साखाका इन्जिनियर  विकास सुवेदीले सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत जानकारी दिएका हुन् ।

गाउँपालिकाको वित्तिय समानीकरण अन्तर्गत गाउँपालिका तथा वडा कार्यलयको पुँजीगत तर्फ विनियोजन भएको १४ करोड ५५ लाख ३४ हजार ४ सय ५७ रुपैया मध्ये हाल सम्म ४ करोड ६३ लाख ९ हजार ३ सय ५२ रुपैया खर्च भएको छ ।

। कार्यक्रम मार्फत समग्रमा गाउँपालिकाको लागि विनियोजन भएको ३३ करोड ८१ लाख ७९ हजार ९ सय रुपैया मध्ये १६ करोड ५५ लाख २७ हजार ७ सय ९५ रुपैया खर्च भएको जानकारी दिएको छ । चालु खर्च तर्फको एक करोड ८० लाख १३ हजार मध्ये एक करोड ६ लाख ४३ हजार ९ सय ९ रुपैया खर्च भएको छ । कार्यक्रम मार्फत सर्वसाधरणले विकास निर्माण तथा सेवा प्रवाहको विषयमा उठाएका जिज्ञासाहरुको जनप्रतिनिधिहरुले जवाफ दिएका थिए ।

गाउँपालिकाको आयोजना भएको कार्यक्रमको व्यवस्थापन हिहल्ड नेपालले गरेको हो भने संयोजन रेडियो उन्न्तीले गरेको थियो । कार्यक्रममा उठेका सवालहरुको जवाफ गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष इन्वती राई, प्रमुख प्रसाशनिय अधिकृत पुर्षोत्तम घिमिरे, गाउँपालिका प्रवक्ता सुनिल राई लगाएत अन्य वडाका अध्यक्षहरुले दिएका थिए ।

चालु आर्थिक वर्ष २०७४/७५को हाल सम्म सञ्चालन भईरहेका तथा सम्पन्न भएका योजना तथा कार्यक्रमको विषय जानकारी गराउने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार