भोजपुरको पौवादुङ्मा गाउँपालिद्धारा साढे एक करोड वढी रकम रकमान्तर, यस्तो वन्यो, गाउँपालिकाको ऐन !


भोजपुर, १६ जेठ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकाले एक करोड एकसठी लाख २० हजार वजेट रकमान्तर गरेको छ ।

सो रकम मध्ये गाउँ सभाले चालु तर्फको ९६ लाख पुजी गतमा रुपान्तरण गरि १८ ओटा योजना र पुँजीगत तर्फको ४५ लाखबाट २० ओटा र वडा स्तरको २० लाख २० हजार रकमबाट १३ ओटा योजनामा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता दिपक राईले जानकारी दिए । यो आर्थिक वर्षमा सम्पन्न गर्न नसकिने खालका कार्यक्रमको वजेट रकमान्तर गरिएको प्रवक्ता राईको भनाई छ ।

यसरी रकमान्तर भएको वजेट मध्येबाट, सडकलाई पहिलो, खानेपानीलाई दोश्रो र सिंचाईलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
त्यस्तै गाउँसभाले स्थानिय सरकार सञ्चालन ऐन २०७४को दफा १०२ वमोजिम विभिन्न ८ ओटा ऐन विनियम तथा कार्यविधिहरु पास गरेको छ ।

गाउँसभाले न्यायिक समितिले उजुरीको कार्वाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि २०७५ , एकिकृत सम्पति कर व्यावस्थापन निर्देशिका २०७५, गाउँपालिका सहकारी ऐन, स्थानिय राजपत्र प्रशासन सम्वधी कार्यविधि २०७५ लगाएत ८ ओटा विनियम तथा कार्यविधिहरु पास गरेको हो । गाउँपालिकाको दाश्रो गाउँसभा मंगलवार सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार