काठमाडौं । मुलुकका ७५३ वटा स्थानीय तहमध्ये सवैभन्दा कम बजेट पाउने गाउँपालिकामा मनाङको नार्फु परेको छ । त्यस्तै सबैभन्दा धेरै बजेट पाउने स्थानीय तहमा कास्कीको पोखरा –लेखनाथ महानगरपालिका परेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा स्थानीय तहलाई विनियोजन गरेको वजेटमा मनाङको नार्फु गाउँपालिकालाई ७ करोड ९२ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै सवैभन्दा बढि रकम पाउने कास्कीको पोखरा–लेखनाथ महानगरपालिकालाई १ अर्व ८१ करोड ८६ लाख विनियोजिन गरिएको छ ।
दोस्रो कम पाउने स्थानीय तहमा डोल्पाको डोल्पोबुद्ध गाउँपालिका परेको छ । जसलाई ८ करोड १६ लाख बार्षिक बजेट विनियोजन गरिएको छ । यस्तै दोस्रो धेरै रकम पाउने स्थानीय निकायमा काठमाडौ महानगरपालिका परेको छ । जसले १ अर्ब ७८ करोड ४ लाख पाएको छ ।
त्यसैगरी चितवनको भरतपुर महानगरपालिकालाई १ अर्व २३ करोड ९३ लाख विनियोजन गरिएको छ । रकम विनियोजनका हिसावले यो स्थानीय तह पोखरा र काठमाडौपछि तेस्रोे ठुलो रकम पाउनेमा परेको छ । त्यस्तै वीरगञ्ज महानगरपालिका चौथो धेरै बजेट पाउने स्थानीय तहमा परेको छ । जसले यो बर्ष ९८ करोड ११ लाख रुपौयाँ पाएको छ । त्यस्तै ललितपुर महानगपालिका पाँचौ नम्बरमा परेको छ ।
यो महानगरलाई यो बर्ष ८९ करोड ७८ लाख रकम विनियोजन गरिएको छ । महानगरपालिकामध्ये सवैभन्दा कम रकम विनियोजन भएको महानगर बनेको छ विराटनगर । यो महानगरपालिकामा यो वर्ष ७८ करोड २० लाख रुपैयाँमात्रै विनियोजन गरिएको छ ।
त्यस्तै कम रकम विनियोजन भएको स्थानीय तहमध्ये तेस्रो स्थानमा परेको छ बझाङको सेपाल गाउँपालिका । यो गाँउपालिकामा ९ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी डोल्पाको शेफोक्सुन्डो गाउँपालिकाले १० करोड १५ लाख पाउने चौथो थोरै पाउने र मुस्ताङको लामोन्थाङ गाउँपालिका १० करोड ५० लाख पाएर पाँचौ थोरै रकम पाउने स्थानीय तहमा परेको छ ।
सरकारले मंगलबार ल्याएको १३ खर्व १५ अर्व १६ करोड १७ लाखको वजेट घोषणा गरेको थियो ।
जसमध्ये सवैभन्दा बढि रकम यातायात पुर्वाधारमा १ खर्व ९ अर्ब ३८ करोड ३७ लाख विनियोजन भएको छ भने भूकम्प तथा बाढीपहिरो पछिको पुननिर्माणमा १ खर्ब ५२ अर्व ८ करोड १३ लाख छुट्याएको छ । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ अर्ब ३४ अर्व ५० करोड ८७ लाख विनियोजन भएको छ ।
कृषितर्फ ७९ अर्व ५३ करोड, खेलकुदमा २ अर्व ४ करोड, उद्योगतर्फ १० अर्ब ४८ अर्व ९२ करोड, रोजगारीतर्फ ३ अर्व १० करोड, रक्षामा ४४अर्ब ४२ करोड, ८५ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यसैगरी उर्जामा ८३ अर्व ८९ करोड ५२ लाख र पर्यटनमा ५ अर्व २० करोड ३४ लाख विनियोजन भएको छ ।