घर निर्माणका क्रममा लडेर एकको मृत्यू


ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा घर निर्माणका क्रममा लड्दा एक जनाको ज्यान गएको छ । आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाईते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

मंगलबार दिउँसो काम गर्दा गर्दै लडेर घाईते भएका ४९ वर्षिय बोखिमको उपचारका लागि ईलाका स्वास्थ्य कार्यालय तेल्लोक लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । उनको सव ईलाका स्वास्थ्य कार्यालयमा राखिएको र पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार