संखुवासभामा यार्सागुम्बा सहित १ पक्राउ


खाँदबारी । संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बा सहित १ जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बा सहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् ।

 

पक्राउ परेका रोकायाबाट ८ सय ग्राम यार्सागुम्बा बरामत गरेको प्रहरीले जनाएको छ । उनलार्ई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरी निरिक्षक वेदप्रसाद गौतमले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार