
भोजपुर, २० वैसाख ।
भोली (शुक्रवार) देशभरसंगै भोजपुरमा पनि वन्दको आह्वान गरिएको छ । नेपाल राष्ट्रिय यातयात व्यावसायी महासंघको आह्वानमा वन्दको घोषणा गरिएको हो ।
सस्था नविकरण गर्न पाउनु पर्ने, यातयातका साधनमा गीत संगित वजाए वापत लगाइएको रोयल्टी हटाउनु पर्ने लगाएतका माग राख्दै महासंघ शुक्रवार एक दिन सार्वजनिक यातयात वन्दको आह्वान गरेको संयुक्त वस व्यावसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।
वन्दको कारण (शुक्रवार) भोली जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातयातको साधन सञ्चालन नहुने अध्यक्ष मोक्तानको भनाई छ । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् ।