भोजपुर नगरपालिका दुई सिमेमा, एक ब्यक्ति मृत फेला


भोजपुर १४ बैशाख ।
भोजपुर नगरपालिका – २ सुन्तले नजिकै सिमे भन्ने ठाउँमा एक व्यक्ती मृत फेला परेका छन् । विहिवार वेलुकाबाट हराएका स्थानिय ८० वर्षीय वीर वहादुर तामाङ्ग आज (शुक्रबार) मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तामाङ्गको खोजी गर्ने क्रममा स्थानिय समशेर तामाङ्गको खेतवारीमा घोप्टो परि मृत भएको अवस्था परिवारले फेला पारेका थिए । घटना भएको थाहा पाएपछि प्रहरी चौकी सुन्तलेबाट ३ जनाको प्रहरी घटना स्थल सुरक्षीत राखेको र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक खेम नेपालको टोली पुगेर आवश्यक प्रक्रिया पुरा गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको सवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउदै गरेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार