७७ वर्षे वृद्धालाई बलात्कार गरेको अभियोगमा १९ वर्षे युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय शंकर परियार छन् ।
परियारले गत ५ वैशाखमा राति घरमा कोही नभएको मौका मारेर स्थानीय ७७ वर्षीय वृद्धलाई जबरजस्तीकरणी गरेको प्रहरीमा जाहेरी परेको छ ।
उनलाई इलका प्रहरी चौकी, देउपुरबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत, पर्वतबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।