भोजपुरमा २७ वर्षीय युवक मृत फेला


भोजपुर ७ वैशाख ।

भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नम्वर -१ तिम्मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानिय लाल बहादुर राईका २७ वर्षीय छोरा असोक राई आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

राईलाई शुक्रवार विहान झुन्डिएको अवस्थामा भेटेपछि स्थानियले प्रहरी चौकी गुप्तेश्वरलाई खवर गरका थिए ।

खवर पाउने साथ घटना स्थलमा प्रहरी पुगि घटनाको अनुसन्धान गरी शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार