
भोजपुर,६ वैसाख ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले अत्याधिक मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलमा होहल्लासंगै प्रहरी माथी नै गालीगलोज गर्ने दुई जनालाई सार्वजनि मुद्धा चलाएको छ ।
मंगलवार राती अत्याधिक मादक पदार्थ सेवन गरि होहल्लासंगै प्रहरी माथी नै अपशब्द वोल्ने भोजपुर नगरपालिका –७ वैकरोड वस्ने स्थानिय महेश ओझाका २० वर्षीय छोरा मिलन ओझा र टेम्के मैयुङ्ग गाउँपालिका –५ खावा वस्ने विष्णु कुमार राईका छोरा १९ वषीय विसाल राईलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उनिहरुलाई भोटेपसलबाट वेलुका ८ वजे प्रहरीले नियन्त्रणमा लिएको हो ।