भोजपुरमा पनि वन्दको कारण यातायात नचल्दा जनविजन प्रभावित


भोजपुर, ४ वैसाख ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले मंगलवार चार ओटा अञ्चल वन्दको आहवान गरेको छ । वन्दको कारण यातयात सेवामा प्रत्यक्ष प्रभाव परेको छ ।

भोजपुर जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको कुनै पनि यातयात सेवा सञ्चालन नआएको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए । यातयात सञ्चालनमा नआउदा जिल्ला वाहिर जाने र जिल्ला भित्रिने यात्रुलाई समस्या भएको छ ।
केहि समय अगाडी धनकुटाबाट प्रक्राउ परेका कोशी व्युरो इन्चार्ज किरण राई सहित अन्य ८ जनालाई विना सर्त रिहाईका माग गर्दै वन्दको आह्वान गरिएको पार्टीले जनाएको छ ।

पक्राउ परेपछि रिहाई भएका राई सहितको टोलीलाई पुन उदयपुर प्रहरीले पक्राउ गरेको र उनिहरुलाई विना सर्त रिहाईको माग गर्दै एक दिने कोशी मेची, सगरमाथा र जनकपुर अञ्चल वन्दको आह्वान गरिएको नेकपाका जिल्ला कमिटि सदस्य बम विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार