सेवाग्राहीबाट घुस लिँदालिदै, मालपोतका कर्मचारी प्रकाउ


२७ चैत्र । मालपोत कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदारद्वय धर्मराज सुवेदी र ओमबहादुर सुनार घुस लिँदालिदै पक्राउ परेका छन् । खरिदारद्वय सुवेदी र सुनारलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार मालमोत कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।

जग्गाको मोही वापत प्राप्त हुने कागज मिलाईदिने बहानामा सेवाग्राहीबाट २ लाख रुपैयाँ लिँदैगर्दा खरिदारद्वय सुवेदी र सुनारलाई नियन्त्रणमा लिएको अख्तियार सुर्खेतको सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। नियन्त्रणमा लिएका खरिदारद्वय सुवेदी र सुनारलाई थप अनुसन्धान शुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार