श्रीमती माइत गएको बेला १३ बर्षिया छोरीलाई बाबुले गरे बलात्कार


रिया भण्डारी ,नवलपरासीको गैडाकोट नगरपालिकामा डेरा गरि बस्दै आएका एक परिवारमा सौतेली बाबुबाट १३ बर्षिया बालिका रन्जना -(नाम परिवर्तन  ) बलात्कृत भएको खुल्न आएको छ ।

रन्जना ९नाम परिवर्तन ०लाइ लामो समय देखि उनका सौतेली बाबुले शरीरको बिभिन्न भागमा छुने र जबर्जस्ति प्रयास गर्दै आएका थिए तर पिडित बालिकाले कसैलाई भनेकी थिइन्नन् राजन आफ्नै पिता नभए पनि रन्जनाले बोल्न सुरुगर्दा देखि उनलाई नै पिता सम्बोधन गरेकी थिइन् ।

पहिलो पतिले रक्सि खाएर कुटपिट गर्ने गरेकोले रन्जनाकि आमा ले दोस्रो बिबाह गरेकी थिइन् रन्जना २ बर्षको हुदा उनकी आमाले राजन संग बिबाह गरेकी हुन् । राजन संग बिबाह पश्चात उनको १ छोरी र १ छोरा भए ।रन्जना कि ९ बर्षिया बहिनि र रन्जना संगै सुत्थे ।

फागुन ८ गते बालिका कि आमा माइत गएको बेला राति आफ्नै बाबुले दिदिलाइ पल्लो कोठामा लगेर जबर्जस्ति गरेको  बर्षिया सानी छोरीले देखेको बताइन् ।उनले भनिन् “दिदिको माथी बाबा सुत्नु भएको थियो र दिदि रुदा एक झापड हानेर मुख थुन्नुभयो मैले देखेपछी बाबाले कसैलाई भने मार्दिन्छु भन्नु भयो “ बालिकाले न्युज २४ संग बताइन् ।

रन्जनाकि आमा माइतबाट आउदा रन्जना बिरामी र रोइरहेको देखेपछी उनकी बहिनिले आमालाइ सबैकुरा बताएकी थिइन् “आफ्नो छोरीलाइ आफ्नै पतिले बलात्कार गरेको थाहा पाए पछी चुप बस्न सकिन र प्रहरीमा उजुरी दिएकी हु”रन्जनाकी आमाले न्युज २४ संग बताइन् ।रन्जनालाई उपचार पश्चात केहि ठिक भए पनि महिनावारी समेत सुरु नभएको उनलाई तल्लो पेट दुख्ने र पानी बग्ने समस्या देखिएको छ घटना पछि उनि टोलाउने र मानसिक रुपमा समेत विछिप्त छिन् ।

रंजनाकी आमा हाल आङ्ग खस्ने समस्याबाट पिडित छिन आफ्नै छोरीलाई बलात्कार गरेर पति जेल गएपछि अब जीविकोपार्जन कसरी गर्ने भन्ने पिरलो परेको छ उनलाई यतिखेर । घटना भएको ३ दिन पछि फागुन ११ गते रन्जनाकी आमाले उजुरी दिए पछी बालिकाको बाबु ३६ बर्षिया राजनलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार