भोजपुरको किमालुङ्गमा ७ महिना देखि वेपत्ता व्यक्ती मृत फेला


भोजपुर, २७ चैत्र ।
भोजपुरको उत्तरी षडानन्द नगरपालिका – ९ किमालुङ्गमा एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् ।

सोही नगरपालिका वडा नं –१० तिनतलेमा घर भएका ४५ वर्षीय सेतु शेर्पा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । गत असोज ३ गतेबाट वेपत्ता भएका शेर्पा किमालुङ्गको गित्रे भन्ने जंगलमा लास सडी सकेको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानियले जंगलमा सतुवा भन्ने जडीवुडी खोज्ने क्रममा उनलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाए पश्चात उनको सनाखत गरि आवश्यक प्रक्रिया पुरा गरिसकेको इलाका प्रहरी चौकी दिंलाका प्रहरी निरीक्षक सञ्जिप ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार