भोजपुरमा दलित समुदाय लक्षित क्षमता विकास तालिम शुरु


भोजपुर, २४ चैत्र ।
भोजपुर सदरमुकाममा दलित समुदायको क्षमता विकास गर्ने उदेश्यले क्षमता विकास तालिम शुरु भएको छ ।

दलित समुदायको हक अधिकारको लागि अगामी ५ वर्ष पछिको रणनिति कस्तो वनाउने, साथै भोजपुर नगरपालिका क्षेत्रलाई जातिय विभेदमुक्त नगर कसरी निर्माण गर्न सकिन्छ भन्ने रणनितितय गर्नमा सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

‘जातिय छुवाछुत अन्त्यका लागि संवैधानिक अवसर र कार्यान्वयन विषयक क्षमता विकास कार्यक्रम’मा नगर क्षेत्रका १२ वटै वडाका महिला दलित सदस्य, लगाएत अन्य दलित समुदायका गरि ३० जनाको सहभागीत रहेको आयोजकले जनाएको छ ।

तीन दिन सम्म सञ्चालन हुने तालिम दलित उत्थान ग्रामिण समाज भोजपुर आयोजनामा सञ्चालन गरिहेको हो । तालिम भोजपुर नगरपालिकाको एक लाख र समाजको ११ हजार गरि एक लाख ११ हजारमा सञ्चालन गरिएको समाजका सचिव विमल रणपंहेलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार