खाँदबारी नगरपालिकाका लेखा अधिकृत पक्राउ, नगरपालिकामा ५ करोड बढीे आर्थिक अनियमितता


संखुवासभा, १८ चैत्र ।
अख्यितार अनुसन्धान आयोगले खाँदबारी नगरपालिकाका लेखा अधिकृत नविन कुमार श्रेष्ठलाय आइतवार पक्राउ गरेको छ । अख्यितयारको निर्देशनमा संखुवासभा प्रहरीले उनलार्य पक्राउ गरेको हो । आर्थिक वर्ष २०७३/ ०७४ अन्र्तगत महालेखा परिक्षकले गरेको अन्तिम लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमा ५ करोड बढी वेरुजु देखिए पछि उनलाई प्रकाउ गरिएको जनाइएको छ ।
लेखा प्रतिवेदनले सबै भन्दा ठूलो वेरुजु लेखाका कर्मचारी नविनकुमार श्रेष्ठको नाममा ७६ लाख ४९ हजार ९ सय ९० रुपैयाँ ९ पैसा देखाएको छ । श्रेष्ठलाई बेरुजु देखिएको रकम बैक दाखिला गर्न तीन दिनको समय दिएको भए पनि हाल सम्म कति रकम दाखिला भयो सोको जानकारी नगरपालिकाले दिएको छैन ।
प्रतिवेदनमा श्रेस्ता भन्दा बैंक मौदात कम भेटिए पछि सम्बन्धित व्यक्तिबाट असुलउपर गर्न मलेपले निर्देशन दिएको थियो । मलेपको प्रतिवेदनमा करिब ५ करोड रुपैयाँ भन्दा बढीे आर्थिक अनियमितता भए पछी छानविन सुरु भएको थियो ।
गत असारमा सम्पन्न स्थानीय तहको चुनावद्धारा गठित नगर कार्यापालिकाले महालेखा परिक्षकको प्रतिवेदनमा आंैल्याइएका करिब ३ दर्जन भौचर बाट ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक अनियमितता छानविन सुरु भएको थियो ।
चैत्र ६ गते बसेको कार्यापालिकाको बैठकले नगरपालिकामा व्याप्त भ्रष्टार छानविन गर्न तीन सदस्सीय समिती छनौट गरिएको छ । समितिमा वडा नं. ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाको अध्यक्षतामा जिल्ला समन्वय समितिका लेखा शाखाका प्रतिनिधि र कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाका प्रतिनिधि रहेको समितिले छानविन गरिरहेको छ ।

छानविन समितिलाई दिएको म्याद सकिएको छ । समितिले तयार पारेको प्रतिवेनको अध्ययन भईरहेको खाँदबारी नगरपालिकाका नगरप्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिए ।
महालेखा परिक्षकको प्रतिवेदनले एउटै आर्थिक वर्षको कारोबारमा यतिका आर्थिक अनियमिता औल्याएको भए पनि विगत १५ वर्ष देखि कर्मचारी कै भरमा नगरपालिका भित्र कुन हदसम्म आर्थिक अनियमितता भएको हुन सक्ने भन्ने सोझै अनुमान गर्न सकिन्छ । नगरपालिका परिसर पुगेका आम नागरिक त्यहाँ कार्यरत कर्मचारीहरुको नाममा र उनीहरुको आफन्तको नाममा रहेको चलअचल सम्पतिका बारेमा समेत छानविन हुनु पर्छ भन्ने अभिव्यक्ति दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार