भोजपुरमा ‘SNRTP’ को सडक स्तरउन्नतीको काम सुस्त, यस्तो छ, सरोकारवालाको निर्णय !


भोजपुर, १८ चैत्र ।
भोजपुर जिल्लामा निर्माण भइरहेको राष्ट्रीय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम(एसएनआरटिपि)को सडक स्तरउन्नतीको कार्य सुस्त देखिएको छ । एसएनआरटिपि कार्यक्रम अन्तरगत जिल्लामा सञ्चालित दुई वटा सडक आयोजनाको कामले गति लिन नसकेको हो ।

जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसंग जोड्ने प्रमुख सडकको स्तरउन्नती ढिलो भएपछि उक्त क्षेत्रको विकास निर्माण समेत प्रभावित बनेको छ ।
निर्माणधिन भोजपुर–मानेभञ्जाङ्ग– रानिवास–घोडेटार सडकको काम ४२ प्रतिशत सकिएको छ । भोजपुर– दिंला–मुलपानि–केउरेनिपानी सडकको काम पनि ५५ प्रतिशत मात्र सकिएको जिल्ला प्राविधिक कार्यालय भोजपुरले जनाएको छ ।

उक्त सडक १४ करोड २८ लाखको लागतमा वनिरहेको छ । भोजपुर– दिंला–मुलपानि–केउरेनिपानि सडकको थप भएको समय पनि सकिएको छ । सडक ६ करोड ४२ लाख रुपैयामा १५ महिना भित्रमा सकिसक्नु पर्ने सम्झौता भएको थियो । भोजपुर–मानेभञ्जाङ्ग– रानिवास–घोडेटार सडकको समय डेड महिना मात्र बाकी रहेको प्राविधिक कार्यालयले जनाएको छ । दुवै आयोजनामा समय थप भएपनि थपिएको समयमा काम नसकिने देखिएको हो ।

निर्माण कार्य ढिलो हुनुमा निर्माण कम्पनिले योजना अनुरुप काम गर्न नसक्नु भएको प्राविधिक कार्यालयका निमिक्त प्रमुख इन्जिनियर राजनराज रेडीले वताएर । सडक निर्माणको काम सन्तोक जनक नभएपछि प्राविधिक कार्यालयको आयोजनामा समिक्षा बैठक वसेको छ । आइतवार वसेको बैठकले निर्माण कम्पनीलाई तत्काल काममा गति दिने र कार्यालयले आवश्यक सहयोग गर्ने निर्णय भएको छ । भोजपुर– दिंला–मुलपानी –केउरेनिपानी सडकका लागि आगमी जेठ मशान्त सम्म समय थप गर्न अनुरोध गर्ने निर्णय भएको छ । सडक निर्माणको विवादित क्षेत्रको विवाद तत्काल समाधान गर्न पहल गर्ने समेत निर्णय गरिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार