ट्यांकर दुर्घटनामा दुई जनाको मृत्यु


उदयपुर १४ चैत । कटारीमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

कटारी नगरपालिका – ११ गौँबारीमा पर्ने सडक खण्डमा कटारीबाट घुर्मी जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको ट्यांकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चालक बारा अमलेखगन्ज ४ का पूर्णप्रसाद खनाल र मकवानपुर लामाटारका ३१ वर्ष सरोज मोक्तान रहेका छन् । दुर्घटनामा परि अन्य तीनजना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार