भोजपुरको दुम्मानामा एक महिला मृत फेला


भोजपुर, २ चैत्र ।
भोजपुरको आमचोक गाउँपालिका –९ दुम्मानमा एक महिला मृत भेटिएकी छिन् ।

 

स्थानिय लोक वहादुर मगरकी ३५ वर्षीय श्रीमती वसन्ती मगर झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मगर  विहिवार दिउँसो घरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि  स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

 

वालंखा प्रहरी चौकीबाट तीन घण्टाको दुरीमा रहेको उक्त स्थानमा प्रहरी पुगी आवश्यक प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार