बोलेरो दुर्घटनामा एकको मृत्यु


ओखलढुङ्गा, ३०फागुन । सिद्धिचरण नगरपालिका–११, ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बोलेरो चालक शिवकुमार भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौंवाट कुखुराको चल्ला लिएर सोलुखुम्बु जाँदै गरेको को २ च १३४९ नम्बरको बोलेरा सदरमुकामको रमाइलोडाँडा नजिकै दुर्घटनामा परेको हो । बोलेरो सडकबाट २ सय मिटर तल खस्दा सिद्धिचरण नगरपालिका–१, तलुवाका २१ वर्षका चालक भुजेलको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर–७, टोक्सेल घर भएका १९ वर्षका सहचालक अर्जुन गौतम घाइते हुनुभएको छ । गौतमको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरी निरीक्षक टीका कार्कीले बताउनुभयो । घाइतेको अबस्था भने सामान्य छ ।

बिहान करिब साढे ३ बजेतिर जीप दुर्घटनामा परेको हो । नेपाली सेनाको गण नजिकै दुर्घटनामा परेकाले ड्युटीमा रहेका सेनाका जवानले थाहा पाउन साथ नेपाली सेनाको टोली गएर घटनामा परेकाहरुको उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार