भोजपुरमा वच्चा फाल्ने महिला विरुद्ध कर्तव्य ज्यान मुद्धा


भोजपुर, १५ फागुन ।
भोजपुरको उत्तरी पडानन्द नगरपालिका – ६ केउरेनीपानीमा वच्चा जन्माएर फाल्ने महिलालाई प्रहरीले कर्तव्य ज्यानमा मुद्धा चलाएको छ । गत फागुन ४ गते वच्चा जन्माएर फालेको अरोपमा स्थानिय ३२ वर्षिय गिता मग्रातीलाई नियन्त्रण लिई कर्तव्य ज्यान मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

मग्रातीले जन्माएर फालेको शिशुको भने आफन्तले पालनपोषण गरिरहेको प्रहरीको भनाई छ । उनले सालनाल सहित शिशु जन्माएर फालेकी थिइन् । वयानको क्रममा उनले आफूले वच्चा जन्माएर फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर खेम नेपालले जानकारी दिए ।

 

उनको विषयमा थप अनुसन्धान भईरहेको नेपालको भनाई छ । उनका श्रीमान वैदेशिक रोजगारीको लागि विदेशमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार