भोजपुरेको पहलमा क्यान्सर पीडितलाई आर्थिक सहयोग..


भोजपुर, २४ माघ ।
‘भोजपुर हातेमालो समाज युएई’को पहलमा खोटाङ्गका एक क्यान्सर पीडितलाई सहयोग गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका खोटाङको कोपीलासगढी गाउँपालिका सुङ्देल टोलका १२ बर्षिय बालक शन्देस राईलाई भोजपुर र खोटाङ्गका वैदेशिक रोजगारीमा गएकाहरुले सहयोग गरेका हुन् ।

समाजको पहलमा पीडित वालकलाई नगद ४१ हजार ६ सय रुपैया हस्तान्तरण गरिएको समाजका केन्द्रीय उपाध्यक्ष सुवास राईले जानकारी दिए । ‘भोजपुर हातेमालो समाज युएई’को नेतृत्वमा ३१ हजार ६ सय र साउदी अरबबाट भोजपुर वालङखा निवासी गिता वान्तवा राइले सहयोग गरेको दश हजार गरी ४१ हजार ६ सय रुपैयाँ हस्तान्तरण सहयोग गरिएको भोजपुर हातेमालो समाज युएईका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र वहादुर राइले जानकारी दिए ।

खोटाङ्गका सुजन कोयूले वालक उपचारमा रकमको अभाव रहेको समाजलाई जानकारी गराए पछि सवै मिलेर पीडिलाई सहयोग गरेको समाजका महासचिव तिर्थ योञ्जनले जानकारी दिए । गायिका तथा समाज सेवि कला राईले संकलित रकम पीडितलाई हस्तन्तरण गरेकी हुन् ।

वालकको काठमाण्डौमा उपचार भइरहेको छ । क्यान्सर पीडित वालकको उपचारमा रकम अभाव भए पछि परिवारले सवैमा सहयोगको आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार