कार्य सम्पादनमा राष्ट्रिय वाणिज्य वैंक भोजपुर ‘दोश्रो’


भोजपुर, ११ माघ ।
राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय भोजपुर कार्य सम्पादन मुल्याङनमा दोश्रो भएको छ । एक वर्षभरि सञ्चालन भएका गतिविधिहरुको मुल्याङ्कनका आधारमा देशका ‘घ’ वर्गका शाखाहरु मध्ये जिल्ला शाखा भोजपुर दोश्रो वन्न सफल भएको हो ।

शाखाको व्यावसाय, आन्तरिक नियन्त्रण, कर्मचारी व्यावस्थापन , कर्जा प्रवाह, सेवा प्रवाह लगाएत मुल्याङ्कनको आधारमा वैंक दाश्रो भएको जिल्ला शाखा भोजपुरका म्यानेजर उमेश नेपालले जानकारी दिए । वैंकमा हाल १८ हजार सकृय ग्राहक रहेको म्यानेजर नेपालको भनाई छ । वैंकले सेवाग्राहीको मर्काकालाई ध्यान राख्दै सेवाग्राहीको चाप वढेको अवस्थामा सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्दै आएको छ ।

२०२६ साल फागुन १ गतेबाट शाखा स्थापना गरेको वैंकले गत भदौ महिनाबाट एटीएम सेवा समेत सञ्चालनमा ल्याएको छ । गत आर्थिक वर्ष २०७३/ ७४ मा १ करोड ८० लाख खुद नाफा गरेको वैंकले जनाएको छ ।

आगामी दिनमा पनि सेवाग्राहिको आवश्यकतालाई मध्यनजर गरि उनिहरूको बैकिङ कामलाई अझ सहज र सुविधाजनक रूपले पुरा गर्दै लैजाने म्यानेजर नेपालको भनाई छ ।

गत वर्ष पनि साखा कार्यालय भोजपुर उत्कृष्टको सुचीमा परेको थियो । राष्ट्रिय वाणिज्य वैंकको वार्षिक उत्सवको अवसरमा उत्कृष्ट घोषणा गरिएको हो । यस वैंकका देशभर १ सय ८१ ओटा साखाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार