भोजपुरमा १३९ भुकम्प पिडीत घरधुरीले काठ पाए, नपाउने पीडितले के गर्ने ? यस्तो छ प्रक्रिया


भोजपुर, ९ माघ ।
जिल्ला वन कार्यालय भोजपुरले एक वढी भुकम्प पिडीत घरधुरीलाई सहुलिएतमा काठ वितरण गरेको जनाएको छ । निवेदन आएका मध्ये १ सय ३९ भुकम्प पिडित घर धुरीलाई काठ वितरण गरेको कार्यालयको भनाई छ ।

आर्थिक वर्ष २०७३ / ७४ मा सो वरावरको काठ वितरण गरिएको हो । पिडितहरुबाट आएको एक सय ६५ ओटा निवदेन मध्ये एक सय ३९ घर धुरीलाई सामुदायिक वनबाट ७ हजार ४ सय १२ दशमलव १२ र निजी वनबाट १४ सय ५६ क्यु फिट काठ वितरण गरिएको जिल्ला वन कार्यालयका वन अधिकृत रामवावु शाहले जानकारी दिए ।

निर्देशिका अनुसार सामुदायिक र निजि वन मार्फत पिडितलाई काठ दिएको कार्यालयको भनाई छ । गत साउन महिनाबाट हाल सम्म पीडितको तर्फबाट आएका निवेदनलाई पनि काठ दिनको लागि सामुदायिक वनहरुलाई पत्रचार गरिएको जिल्ला वन कार्यालयको भनाई छ । भुकम्प पिडितहरुले जिल्ला वन तथा आफ्नो क्षेत्रको सामुदायिक वनम निवेदन दिएर ५० क्यू फिट सम्म काठ ९० प्रतिशत सहुलिएतमा पाउने जिल्ला वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार