खोटाङ्गमा अण्डर १२ गोल्डकप सुरु


खोटाङ, १ माघ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ । साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो ।

दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गरे । माघ ३ गते समापन हुने प्रतियोगीतामा ९ वर्षदेखि १२ वर्षमुनिका ८ टिमको सहभागीता रहेको आयोजक साकेला सिली फुटबल क्लवका अध्यक्ष कमल राईले बताए ।

गत असोज २० गतेदेखि २६ गतेसम्म होलेसुङ–जनकराज राई मार्ग फुटबल कपको दोश्रो संस्करण सञ्चालन गरेको क्लवले पुःन कलिला बालकलाई लक्ष्यीत गर्दै अण्डर १२ गोल्डकप सुरु गरेको हो । प्रतियोगीतामा प्रथम, दोस्रो, तेश्रो र सान्त्वना हुने टिमलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १५ सय रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने क्लवले जनाएको छ ।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोच गरी ५ विधामा वेस्ट अवार्ड प्रदान गरिने अध्यक्ष राईले बताए ।
वेस्ट अवार्ड विजेतालाई एक/एक हजार राशीका साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार