आफ्नो महत्वाकांक्षी परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले विभिन्न किसिमका प्रतिबन्धको सामना गर्नु परेको छ । गत वर्ष मात्रै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदसमेत कैयौं देशहरुले उत्तर कोरियाको परमाणु कार्यक्रमकै कारण उसमाथि आर्थिक नाकाबन्दी लगाए ।
सुरक्षा परिषदले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाएर उसको आर्थिक स्रोतमा कडाई गरिएको छ । उत्तर कोरियामाथि कपडाको निर्यातमाथि प्रतिबन्ध लगाइएको छ । त्यस्तै कच्चा तेल पनि सीमासम्म मात्रै आयात गर्ने अनुमति दिइएको छ ।
यसका अलावा अमेरिका, दक्षिण कोरिया तथा जापानले पनि विभिन्न प्रकारका प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धका कारण उत्तर कोरियामा विभिन्न बस्तुको अभाव देखिएको छ । त्यस्तैमा पछिल्लो समय खाद्यान्न संकट पनि एउटा ठूलो समस्याका रुपमा उत्तर कोरियामा देखिएको छ । त्यसैले उत्तर कोरियाली नागरिकले खाद्यान्न अभाव हुन नदिन विभिन्न नयाँ तरिकाहरु अपनाएको बताइन्छ ।
त्यसो त उत्तर कोरियाको खाद्यान्न संकट पछिल्लो समय साधरण कुरा भएको बताइन्छ । यही कारणले गर्दा यहाँका नागरिकले सामान्य सामग्रीकै जोहोमा विभिन्न परिकारहरु बनाउने गरेको बताइन्छ । bbc