भोजपुरको हसनपुरमा भिरबाट लडेर एकको मृत्यु


भोजपुर ,२६ पौष ।
भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका– ९ हसनपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोही वडाको गैरीगाँउ वस्ने धन वहादुर खपाङ्गी मगरका ४१ वर्षिय छोरा नर वहादुर खपाङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विरामी पु¥याएर अखुवाटारबाट फर्कने क्रममा तित्री भञ्याङ्को भिरबाट ५० मिटर तल खस्दाको उनको घटना स्थलमै मृत्यू भएको प्रहरीको भनाई छ ।

मंगलवार वेलुका भएको घटनाको अनुसन्धान तथा आवश्यक प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय घोडेटारबाट इन्पेक्टरको कमाण्डमा प्रहरी टोली सो क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार