भोजपुर तिम्माका कमलको मलेशियामा दाइने हात गुम्यो, सहयोग गर्न आग्रह ..


भोजपुर, १६ पौष ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –१ तिम्माका भाँगेका एक युवा मलेशियामा मेसिनले हात काट्दा गम्भीर घाइते भएका छन् । गत असोज ५ गते मलेशिया पुगेका कमल खत्रीको कम्पनीमा काम गर्ने क्रममा दाइने हात गुमेको हो । खत्रीले काम गरिरहेको (LEEKEE INDUSTRY (M) SDN BHD JOHOR) कम्पनीमा मेसिनले हात काट्न गम्भिर घाइते भएका हुन् ।

हस्पिटलमा उपचार गराइरहेका उनलाई ४ महिना सम्म आराम गर्न डाक्टरहरुले सल्लाह दिएका छन् । तर उनले चार महिना सम्म आराम गर्दाको समयको तवल कम्पनीले दिने नदिने केहि टुङ्गो नलागेको परिवारले जनाएको छ ।

धन कमाउन विदेश गएका छोराको यस्तो अवस्था भए पछि परिवारले सवैलाई सहयोग गर्न आग्रह गरेको छ । खत्रीको परिवारमा ६ जना रहेको उनकी आमा पम्फा दाहाल खत्रीले वताइन् । उनको उपचारको लागि खर्चको अभाव भएकोले परिवार तथा खत्रीसंग रहेका साथीहरुले स्वदेश तथा विदेशमा रहेका सवैसंग सहयोगको लागि आग्रह  गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार