भोजपुरमा यस वर्ष १ सय ९२ मेटिक्टन अलैंची उत्पादन, यस्तो छ, अलैंचीको मुल्य


भोजपुर १६ पौष ।
भोजपुर जिल्लामा यस वर्ष १ सय ९२ मेटिक्टन अलैची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ मेटिक्टन उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष एक सय ८८ मेटिक्टन अलैची उत्पादन भएको थियो । पहिल्लो समयमा यसको खेतिमा लाग्ने कृषक सख्यामा वृद्धि भएको भए पनि भर्खरै मात्र कृषकले खेति विस्तार गरेकाले यस वर्ष कमै मात्र वृद्धि देखिएको हो । जिल्लामा ६ सय ५० हेक्टर खेती विस्तार गरिएको भए पनि ४ सय हेक्टर क्षेत्रफलले मात्र उत्पादन दिने गरेको सुचना अधिकारी भट्टराईले जानकारी दिए ।

आगामी वर्षबाट भने उत्पादनको मात्रा अझ वढ्ने भट्टराको भनाई छ । भोजपुर जिल्लालाई अलैची खेतिको लागि निकै राम्रो जिल्ला मानिन्छ । त्यसैले यसको खेतिको विस्तारको लागि एक ओटा व्लग र ६ ओटा पकेट क्षेत्र निर्धारण गरि काम भईरहेको छ ।

तर पछिल्लो समय अलैची मुल्यमा गिरावट आउदा कृषक भने चिन्तित वनेका छन् । जिल्ला कृषि विकास कार्यालयको अनुसार भोजपुुरमा यस वर्ष अलैंची प्रतिमन २५ देखि ३० हजारमा विक्री भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार