भोजपुरका ७६ वर्षिय ‘खुर्सानी वाजे’ कृषिमा रमाउदै, भन्छन् -‘भोजपुरलाई कृषिमा नमुना जिल्ला वनाउछु’


भोजपुर, १५ भदौ ।
भोजपुर जिल्ला संगै देशका धेरै युवा शक्ति रोजगारीको लागि विदेश गईरहेका छन् । त्यसको फलस्वरुप गाउ घरका खेति योग्य जमिनहरु दिनानु दिन वाँजिदै गईरहेका छन् । यसरी युवा शक्ति बाहिर गएर खेति योग्य जमिन बाँझी रहेको अवस्थमा भोजपुर जिल्लाको अन्नपुर्णका एक कृषकले भने भोजपुर जिल्लालाई कृषिमा पर्यटकिय क्षेत्र वनाउने लक्ष्यका साथ लागि रहेका छन् । उनले युवालाई कृषिमा लागेर गतिलो आम्दानी गर्न सकिन्छ, भन्ने उदाहरण समेत दिएका छन् ।

भोजपुरको  अन्नपुर्णमा जन्मिएका विष्णुप्रसाद आधिकारी (खुसार्नी वाजे) ले अहिले व्यावसायिक कृषि खेतिमा लागेको ६० वर्ष पुरा भयो । उनि अहिले उमेरले ७६ वर्ष पुगेको छन् । उनले कृषिमा लागेर वार्षिक रुपमा ५ देखि ७ लाख सम्म आम्दानी गरिरहेका छन् । अहिले भोजपुर नगरपालिका वडा नं –७ मा १७ रोपनी जग्गा भाडामा लिएर सुन्तला, कागती, अलैची, ,जुनार लगाएत ५ लाख भन्दा वढी विभिन्न जातका फलपूmलका विरुवा उत्पादन गरि उनले जिल्ला संगै अन्य वाहिरी जिल्ला निकासी गर्दै आएका छन् ।

व्यावसायिक कृषिबाट जिल्लालाई कृषिमा पर्यटकिय क्षेत्र बनाउने लक्ष्यका साथ लागेको अधिकारी बताउछन् । अधिकारी भन्छन् ‘पशुपतिमा लास जलाएको फोटो पर्यटकले खिचेर लान्छन् भने, हाम्रो जिल्ला सुन्तला पँयलपुर वनाएर यहाँ पर्यटक भित्राउने मेरा एक मात्र उद्धेश्य छ’ ।

अधिकारी ७६ वर्ष पुगे पनि तन्दुरी झै खेतवारीमा काम गरिरहेको छन् । घरमा आराम गर्दै वस्नु पर्ने वेलामा उनि दिन रात आफ्नो वगैंचामा काम गरिरहेका हुन्छन् । उनको कृषि प्रतिको जोस जागर अझै कम भएको छैन । उनि जिल्लामा कृषि क्षेत्रको उदाहरणिय पात्र वनेका छन् । उनले टेम्केमैयुङ्ग गाउपालिका –३ अन्नपुर्णमा एक सय रोपनी भन्दा वढी क्षेत्रफलमा सुन्तला लगाएका छन् । जिल्लामा रहेर कृषिमा लाग्छु, भन्ने अन्य कृषकहरुलाई आफुले आर्जन गरेको सिप वाढ्दै आएका छन् । अधिकारीले धेरैलाई रोजगारी समेत दिएका छन् । विदेश जाने युवालाई कृषिमा लाग्न उनले सल्लाह दिने गरेको वताउछन् । कृषिमा लागेर धेरै योगदान गरे पनि उनले राज्यको तर्फबाट खास केहि सहयोग नपाएको गुनासो गरेका छन् ।
जिल्लालाई कृषिमा आत्मनिर्भर वनाउन उद्धेश्यका साथ कृषिको लागेका अधिकरीलाई जिल्ला कृषि विकास कार्यालयले सल्लाह परामर्श बाहेक अन्य खास सहयोग नगरेकोले र आफ्नै क्षमताले भ्याए सम्म काम गर्दै आएको वताए । उनले भने ‘कृषिमा लागेर ७६ वर्ष विताए तर कृषि कार्यालय सल्लाह र परामर्श वाहेक केहि खास सहयोग गरेको छैन् । मेरो वगैंचामा सुन्तला अलेची कागती लगाएतका ५ लाखको हारहारीमा विरुवा छन् तर जिल्ला कृषि कार्यालय वाहिर जिल्लाबाट विरुवा ल्याएर अन्य कषकलाई वितरण गर्छ यसमा मेरो गुनासो छ’।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार