यस्ता गुण भएका कन्यासँग संगत गरे पुरुष असाध्यै भाग्यमानी हुने


हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । यसको आधारमा कुनै व्यक्तिको भविष्यबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

महिलामा विभिन्न गुण हुन्छन् । गुणवान कन्यासँग संगत गर्ने पुरुषहरु असाध्यै भाग्यमानी हुन्छन् । शास्त्रमा लेखिएको अनुसार पुरुषहरुले यस्ता कन्या विवाह गरेर घर भित्रिए पछि हरेक पुरुषको भाग्य खुल्नुका साथै घरमा लक्ष्मीको बास हुने निश्चित रहेको छ ।

१० कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल मानिन्छ ।,२० कन्याको नाभी गहिरो रहेमा पनि त्यसलाई शुभ मानिन्छ ।, ३० पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो तथा समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।, ४० यदी कन्याको शिर अलिकति अघिल्तिर उठेको छ, भने यसलाई पनि शुभ मानिन्छ । ,५० कन्याको छोटो गर्धन भएमा पनि शुभ मानिन्छ । ,६० कन्याका हातका औंला लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ । , ७० निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ती कन्या निकै शुभ मानिन्छ । , ८० चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छ । ,९० हातका नंग पातला भएका कन्या पनि एकदम शुभ मानिन्छ ।
१०० आँखाको तल्लो भाग हल्का सेतो र कान रातो भएको कन्यासँग संगत गर्दा निकै शुभ हुने शास्त्रमा उल्लेख गरिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार