जान्नै पर्ने कुरा !! जिल्ला अदालत भोजपुरमा एक  घण्टे सेवा प्रणाली लागु, केहो १ घण्टे सेवा प्रणाली ??


भोजपुर, १३ पौष ।

जिल्ला अदालत भोजपुरले सेवाग्राहीलाई प्रदान गरिने सेवा र मुद्धाहरुको विषयमा जानकारी गराएको छ । विहिवार अदालतले सञ्चारकर्मीहरुसंग  भएको अन्तरक्रिया मार्फत जानकारी गराएको हो । जसमा अदालतले दिने सेवा मध्ये एक घण्टे सेवा प्रणाली अन्तर्गतका विभिन्न ६ ओटा सेवाको विषयमा जानकारी दिइएको थियो ।

यो सेवा अन्तर्गत सेवाग्राहीले माग गरे नक्कल दिने, पेशी तारिक तोक्ने, मिलापत्र, लिखित जवाफ  अन्य कागजात पेश गर्ने , जनसुकै फुटकर निवेदन दर्ता , पेसी तारेख लगायतका मद्धाका काम कारवाही पर्ने अदालतले जनाएको छ । त्यस्तै विभिन्न ४० प्रकारका निवेदनका ढाचा, अभिलेख, दोभासे सम्वन्धी व्यावस्था लगायतको विषयमा पनि जानकारी दिईएको थियो  ।

अदालतले दोभासेको लागि राई भाषा, नेवारी भाषा, मगर भाषा, शेर्पा भाषा, अग्रेजी भाषा र तामाङ्ग भाषाको लागि   २ पटक सम्म पनि आवेदन माग गर्दा कसैको पनि आवेदन नपरेको  जनाएको छ । जसको लागि यस आर्थिक वर्षमा पनि आवेदन खोल्ने अदालतको भनाई छ  । साथै मंसिर मसान्त सम्मको फछौंट  भएका मुद्धा र वाँकी मुद्धाको विषयमा पनि जानकारी गराइ गराइएको थियो ।

जिल्ला अदालत भोजपुरले न्यायपालिकाको तेस्रो पञ्चवर्षिय रणनिति योजनाले निर्धारण गरेको लक्ष्य अनुसार नै  प्रगति हासिल गरेको वताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार